प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ क्षेत्र-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्।
उनी २८०१५ मत अन्तरले विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरेका थिए। उनका निकट प्रतिस्पधी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरे १२८१८ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा ७९७८५ मत खसेको थियो। मतगणना सुरू भएको २४ घन्टाभित्रमा सकिएको निर्वाचन अधिकृत अधिकारीले बताए।