कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्।
रास्वपाका उत्तम २४ हजार ४१८ मतान्तरका साथ विजयी भएको निर्वाचन अधिकृत निर्मलाकुमारी खड्काले जानकारी दिइन्।
उनका अनुसार उत्तमले ३१९११ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेको उम्मेदवार रश्मी आचार्यले ७४९३ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका माधवप्रसाद बास्तोलाले ६५०० मत पाएका छन्। यो क्षेत्रमा राप्रपाका उम्मेदवार हेमजङ गुरुङले १६४३ मत प्राप्त गरेको छन्।