सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) सँगको मतान्तर घटाउँदै लगेका छन्।
निर्वाचन आयोगको अद्यावधिक मतपरिणाम अनुसार यो क्षेत्रमा अहिले पनि रास्वपाकी सरिन नै अघि छन्। उनको २७८९ मत छ भने हर्कले १९४० मत ल्याएर उनलाई पछ्याइरहेका छन्।
यसअघि झण्डै तेब्बर मतले रास्वपाकी गोमा तामाङ अघि थिइन्। १२ सय मतको मतान्तर घटाएर हर्कले ८ सयमा झारेका छन्।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका सुरेन्द्र तामाङले ५९६ मत ल्याएर तेस्रो स्थानमा छन्।
सुनसरी १ मा धरान उपमहानगरपालिकाका २० वटै वडा, बराहक्षेत्र नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा र रामधुनी नगरपालिकाको ६ र ७ नम्बर वडा समेटिएको छ। सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता छन्।
अहिले यो क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, नेकपा एमालेका टिकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङ लगायत उम्मेद्वार छन्। यसपटक यहाँ राजनीतिक दलहरूबाट १९ जना र स्वतन्त्र ७ गरी कूल २६ जना उम्मेद्वार चुनावी मैदानमा छन्।