पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्।
पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तले १०६८५ मत ल्याएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले अघि छन्। एमालेका उम्मेदवार प्रदिप यादवले ५७३९ मत ल्याएर दोस्रोस्थानमा छन्। नेपाली कांग्रेसका अनिल कुमार रूंगटाले ५,०९८ मत पाएका छन्।
पर्सा २ मा निकट प्रतिस्पर्धीलाई तेब्बर मतले पछि पार्दै रास्वपाकै सुशील कुमार कानुले अग्रता लिएका छन्। उनको १२२०५ मत आएको छ। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अजय कुमार चौरासियाले ४८५५ मत पाएका छन्।
पर्सा ३ मा पनि रास्वपाकै उम्मेदवार रामाकान्त प्रसाद चौरसीयाले ७२६९ का साथ अग्रता लिइरहेका छन्। दोस्रो स्थानमा रहेका सुरेन्द्रप्रसाद चौधरीले ३०८० ल्याएका छन्। उनीहरूबीचको मतान्तर चारहजार बढी छ।
पर्सा ४ रास्वपाका टेक बहादुर शाक्यले निकट प्रतिस्पर्धी कांग्रेसका रमेश रिजाललाई दोब्बर मतले पछि पारेका छन्। शाक्यको ५,९३४ मत आएको छ भने रिजालले २,१३९ पाएका छन्। तेस्रोमा ११३२ मतका साथ एमालेका जालिम मियाँ छन्।