प्रतिनिधि सभा निर्वाचन २०८२ मा मधेश प्रदेशको धनुषा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा विजयी भएका छन्।
उनले ४३९८८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई २७६५२ मतले जितेका हुन्।
निधिको १६३३६ मत आएको छ। यसअघि निधि र झा दुवै समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य थिए।
निधिले जित्दै आएको यो क्षेत्रमा यसअघि एमालेकी जुली महतोले जितेकी थिइन्। यसपालि पनि महतो यो क्षेत्रमा प्रतिस्पर्धामा थिइन्।