प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सस्मित पोखरेल विजयी भएका छन्।
उनले ३०७३७ मत प्राप्त जित निकालेका हुन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका प्रदीप पौडेलले ९१५९ प्राप्त गरेका छन्।
अघिल्लो निर्वाचनमा कांग्रेस महामन्त्री पौडेलले यो क्षेत्रमा निर्वाचन जितेका थिए।
सस्मितले कांग्रेसका महामन्त्री पौडेलसहित एमालेका ईश्वर पोखरेल र राप्रपा नेता कमल थापालाई पनि पछि पारे।
पोखरेलले ४७०१ मत प्राप्त गर्दा कमल थापाले १९२२ ल्याए।
यसअघि उनले काठमाडौँ महानगरपालिकाका नगर प्रमुखका सल्लाहकार भएर काम गरेका थिए ।
यस्तै उनीसँग सांसद कार्यालयमा प्रमुख सहायक भएर काम गरेको अनुभव पनि छ। उनले कानुनी विश्लेषक भएर काम गरेका थिए।
यसअघि साझा पार्टीको केन्द्रीय समिति सदस्य थिए।