काठमाडौं क्षेत्र नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याल विजयी भएका छन्।
अर्याल २९ हजार ६३३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत मनुका घिमिरेले जानकारी दिइन्।
उनले ३५ हजार ९३ मत प्राप्त गरेका छन्।
उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नानुमैया बास्तोलाले ५ हजार ४६० मत प्राप्त गरेकी छन्।
नेकपा एमालेका उम्मेदवार अजय क्रान्ति शाक्यले ४ हजार ५८० मत प्राप्त गरेका छन्।