प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोकको दुई क्षेत्रमध्ये एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अर्को क्षेत्रमा नेकपाले अग्रता लिएको छ।
क्षेत्र नम्बर एकमा रास्वपाका भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्। उनले ५११९ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटाले ४५८१ मत ल्याएका छन्। एमालेका सरेश नेपालले ३०६६ मत र कांग्रेसका जंग बहादुर लामाले २८६३ मत प्राप्त गरेका छन्।
सिन्धुपाल्चोक २ मा नेकपाका युवराज दुलालले नेपाली कांग्रेसका वंशलाल तामाङलाई पछि पारेका छन्।
दुलालले ३६०६ मत प्राप्त गर्दा तामाङले ३२४१ मत ल्याएका छन्।
तेस्रो स्थानमा रास्वपाका झलक कुमार श्रेष्ठ छन्। उनले २२६९ मत ल्याएका छन् भने एमालेका शेरबहादुर तामाङले १९२५ मत प्राप्त गरेका छन्।