प्रतिनिधि सभा निर्वाचन २०८२ मा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा फेरि रास्वपाका गोविन्द पन्थीले अग्रता लिएका छन्।
पछिल्लो मतगणनाको परिणाम अनुसार पन्थीले १२ हजार ७३५ मत सहित अग्रता लिएका हुन्।
उनका निकट प्रतिन्द्वन्द्वी एमालेका गोकर्ण विष्टले १२ हजार १६९ मत ल्याएका छन्।
यो क्षेत्रमा नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले ९ हजार ५७९ मत ल्याएका छन्।