प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक मात्र सिटमा अग्रता लिएको छ।
राप्रपाका ज्ञानेन्द्र शाहीले जुम्लामा आफ्नो अग्रता कायम राखेका हुन्।
पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार २५९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ। उनका निकट प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ५ हजार ७८४ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका दीपबहादुर शाहीले पाएको मत ३ हजार २९३ छ।