बाग्लुङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो परिणामअनुसार रास्वपाका सोम शर्मा १०११४ मत प्राप्त गरेका छन्।
निकटतम प्रतिस्पर्धी कांग्रेसका टेकराज पौडेलले १०००६ मत प्राप्त गरेका छन्।
यी दुई बीच १०८ मतको मात्रै अन्तर देखिएको छ।
त्यस्तै उस्तै प्रतिस्पर्धामा नेकपाका ज्ञामनाथ गैरे पनि छन्। उनले ८५०० मत प्राप्त गरेका छन्।