महोत्तरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रमोदकुमार महतो विजयी भएका छन्।
उनी २२०१२ मतले विजयी भएका छन्।
महतोले ३४ हजार ६३६ मत प्राप्त गरेका छन्।
उनका निकट प्रतिस्पर्धी नेकपाका गिरिराजमणि पोखरेलले १२ हजार ६२४ मत ल्याएको निर्वाचन आयोगको तथ्यांक छ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीले ६५९१, नेपाली कांग्रेसका उम्मेदवार मुकेशराज काफ्लेले ६२१३ मत ल्याएका छन्।