पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भुसाल निर्वाचित भएका छन्।
४४ वर्षीय रास्वपा उम्मेदवार भुसालले २६ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका हुन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी पराजित भए। उनले यस क्षेत्रमा ४ पटक हारिसकेका छन्।
उनले १५ हजार ९ सय ५४ मत ल्याए।
नेकपा एमालेका पदम गिरीले १५ हजार ७५ मत ल्याएका छन्। गिरीले यस क्षेत्रमा विगतमा जित्दै आएका थिए।