प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसी निर्वाचित भएका छन्।
उनी ३४ हजार २३८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत शान्ति न्यौपानेले जानकारी दिइन्।
केसीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कविर शर्माले ८ हजार ८७४ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ५ हजार २१० मत ल्याइन्।
यसअघिको निर्वाचनमा सो क्षेत्रबाट रास्वपाकै सोबिता गौतम निर्वाचित भएकी हुन्।