नेपाली कांग्रेसले अहिलेसम्म ५ सिट जितेको छ।
तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, दैलेखमा बासना थापा र रसुवामा मोहन आचार्य विजयी भए।
कांग्रेस ९ क्षेत्रमा अगाडि छ।
सोलुखुम्बुमा प्रकाशसिंह कार्की, ओखलढुंगामा कुमार लुइँटेल, रौतहट २ मा मो. फिरदोश आलम, कपिलवस्तु ३ मा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, बाजुरामा जनकराज गिरी, डोटीमा भरतबहादुर खड्का, दार्चुलामा धर्मानन्द जोशी अघि छन्।
यी क्षेत्रमा मतगणना जारी छ।