गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन्।
मतगणनाको पछिल्लो परिणाम अनुसार विष्टले झिनो मतले अग्रता लिएका हुन्।
विष्टले १४ हजार २३४ मत प्राप्त गरेका छन् भने रास्वपाका गोविन्द पन्थीले १४ हजार मत प्राप्त गरेका छन्।
विष्टले रास्वपाका पन्थीलाई २३४ मतले पछि पार्दै अग्रता कायम गरेका हुन्।
त्यस्तै नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ११ हजार ३१४ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले २ हजार ८०९ मत प्राप्त गरेका छन्।