भोजपुरमा नेकपा एमाले र पूर्वएमालेबीच कडा टक्कर देखिएको छ।
अरुण गाउँपालिका, आमचोक गाउँपालिकाको र टेम्केमैयुङ १,२ र ३ गणना गर्दा राष्ट्रिय श्रम संस्कृति पार्टीका ध्रुवराज राईले ३ हजार ७७१ मत ल्याएका छन्। उनी पूर्व एमाले हुन्। टेक्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्।
उनका निकट प्रतिस्पर्धी एमालेका सचिव शेरधन राईले ३ हजार ३९४ मत ल्याएका छन्। नेकपाका अजम्बर राई काङ्वाङले २ हजार १५५, नेपाली कांग्रेसका बालकृष्ण थापाले १ हजार ९४८, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले १ हजार १८९ मत ल्याएका छन्।