गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्।
निर्वाचनको पछिल्लो मत परिणाम अनुसार विष्टलाई रास्वपाका गोविन्द पन्थीले १८ मतले पछाडि पारेका छन्।
निर्वाचन कार्यालयका अनुसार पन्थीले १४ हजार ६९८ मत पाउँदा विष्टले १४ हजार ६८० मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले ११ हजार ५८८ तथा नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महतले २ हजार ८६९ मत प्राप्त गरेका छन्।