पर्सा क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धि प्रसाद पन्त विजयी भएका छन्।
उनी २७ हजार २७४ मत ल्याएर विजयी भएका हुन्।
उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप यादवले १३ हजार ३० मत पाएका छन्।
उनीहरुबीच १४ हजार २४४ मतान्तर छ।
तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका अनिल कुमार रुंगटाले ११ हजार ८८५ मत ल्याएका छन्।