ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका क्षितिज थेबेले अग्रता लिएका छन्।
यसअघि नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बूले आग्रता लिएका थिए।
पछिल्लो मतपरिणाम अनुसार एमालेका थेबेले ९ हजार ३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका तुम्याङले ७ हजार ७७० मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री ४ हजार ४० मतसहित तेस्रो स्थानमा छन् भने श्रम संस्कृति पार्टीका सन्तोष राई ३ हजार २४० मतसहित चौथो स्थानमा छन्।
अघिल्लो निर्वाचनमा ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित भएका थिए। यसपालि भने एमालेले भट्टराईलाई टिकट नदिएर क्षितिज थेबेलाई उठाउने निर्णय गरेको हो।