बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्।
१८ हजार ५ सय ४३ मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यहाँ कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही पराजित भए। उनले १६ हजार ३ सय ४ मत ल्याए।
नेकपाका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७ सय ५७ मत ल्याएका थिए।
रास्वपाका उम्मेदवार शैलेशकुमार सिंहले ९ हजार २ सय ६३ मत ल्याएका छन्।