कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन कर्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २१४ मत पाएर दोस्रो भएका छन् भने नेकपा एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४२९ मत पाएका छन्।
यस क्षेत्रबाट नेकपा उम्मेदवार राजकाजी गुरुङ ‘करण’ले २ हजार ४७९ मत र राप्रपाका बाबुराम थापाले ९७८ मत पाएका छन्।
कास्की– १ मा १ लाख १६ हजार ८७८ मतदाता रहेकोमा बिहिबार भएको निर्वाचनमा ७० हजार १५० मत खसेको थियो। खसेको मतमध्ये ६७ हजार ४१० मत सदर भएको थियो भने २ हजार ७४० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।