गुल्मीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी विजयी भएका छन्।
उनले १६ हजार ९६७ मत प्राप्त गरी विजयी भएका छन्। उनले पूर्व सांसद समेत रहेका गोकर्णराज विष्टलाई पराजित गरेका हुन्।
विष्टले १६ हजार ४०६ मत प्राप्त गरेका छन्।
सांसद बनेका पन्थी नेपाल प्रहरीका पूर्व डिएसपी समेत हुन्।
उनले नेपाल प्रहरीको मानब बेचबिखन ब्युरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ।
उनी २०५१ भदौ १६ मा नेपाल प्रहरीमा सेवामा प्रवेश गरेका थिए। ३० वर्षे सेवा हदकै कारण पन्थीले २०८१ भदौ १५ मा अनिवार्य अवकाशमा गएका थिए।