चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका हरि ढकालले अग्रता बढाउँदै लगेका छन्।
यहाँ ६३ हजार ७८ मत गणना हुँदा हरि ढकालले २९ हजार ७७८ मतान्तर कायम गरेका छन्।
उनले ३८ हजार ७८६ मत ल्याएका छन्।
कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९ हजार ८ मत ल्याएका छन्। एमालेका दावा दोर्जे लामाले ७ हजार ९८७ मत ल्याएका छन्।
त्यस्तै नेकपाका कृष्ण पन्तले ३ हजार २२४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का १ हजार ६७२ मत ल्याएका छन्।