रौतहट १ मा रास्वपाका उम्मेदवार राजेशकुमार चौधरी निर्वाचित भएका छन्।
उनी २८ हजार ९ सय ४६ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ताले १० हजार ६ सय ९३ मत ल्याए।
नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार ५ सय ७४ र नेकपाका उम्मेदवार माधवकुमार नेपालले ७ हजार ६ सय ६९ मत ल्याएका छन्।