तनहुँ क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्।
उनले ३८ हजार ४० मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत ल्याएकी छन्। नेकपा उम्मेदवार विद्यानाथ ढकालले २ हजार ३ सय ९३ मत ल्याएका छन्।