प्रतिनिधि सभा निर्वाचन इतिहासमा रास्वपाकी सोबिता गौतम सर्वाधिक मत ल्याएर निर्वाचित भएकी छिन्।
उनी चितवन–३ बाट नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी हुन्।
गौतमले ५९ हजार २७७ मत ल्याएर चुनाव जितिन्। प्रतिस्पर्धी रेनु दाहालले २० हजार ६१५ मत ल्याइन्। गौतमले ल्याएको मत संसदीय निर्वाचनको इतिहासकै धेरै हो।
यसअघि २०७४ को निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर निर्वाचित भएका थिए।
२०७४ सालकै निर्वाचनमा दोलखाबाट एमालेका पार्वत गुरूङले ५५ हजार ३६१ मत ल्याएर निर्वाचित भएका थिए। २०८० को उपनिर्वाचनमा चितवन–२ मा रवि लामिछानेले ५४ हजार १७६ मत ल्याएर निर्वाचित भएका थिए।
यसपटक रवि लामिछानेले ५४ हजार ४०२ मत ल्याए।
मोरङ–६ मै रास्वपाकी रूविना आचार्यले ५५ हजार ५१३ मत ल्याएर निर्वाचित भएकी छन्। काभ्रे–२ मा बदनकुमार भण्डारी ५३ हजार ३४४ मत ल्याएर निर्वाचित भए। रास्वपाकै सुलभ खरेलले पनि ५६ हजार ५५० मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याए।