नुवाकोट क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतले अग्रता लिएका छन्।
महत ७ हजार ६ सय २६ मतका साथ अघि छन्।
यहाँ रास्वपाका उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएका छन्।
नेकपा उम्मेदवार हितबहादुर तामाङले ५ हजार ७ सय ३७ मत ल्याएका छन् भने एमालेका उम्मेदवार बद्री मैनालीले ३ हजार ४ सय ४ मत ल्याएका छन्। मतगणना जारी छ।