अछाम १ बाट नेपाली कांग्रेसका भरतकुमार स्वार विजयी भएका छन्। उनले १० हजार ७ सय ५९ मत प्राप्त गर्दै जीत हात पारेका हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका भीम रावलले १० हजार २ सय ३३ मत प्राप्त गरे। मतगणना सुरू भएदेखि नै स्वार र रावलबीच कडा प्रतिस्पर्धा भएको थियो। तर मतगणनाको अन्तिम परिणाममा स्वारले रावललाई पराजित गरेका हुन्।
अछाम १ मा नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउदले ७ हजार ३ सय ८९ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार ७ सय ३९ मत प्रापत गरेका छन्।