नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङ पराजित भएका छन्।
२०४३ सालदेखि लमजुङबाट लगातार उम्मेदवार बन्दै आएका गुरूङ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीसँग पराजित भएका हुन्। केसीले ३३ हजार ८९८ मत ल्याएर निर्वाचित भए भने पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका एमालेका उपाध्यक्ष गुरूङले १६ हजार ८७६ मत ल्याए।
तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका गमप्रसाद गुरूङले १६ हजार ५६९ मत ल्याए। नेकपाका हरिजंग तामाङले ३ हजार ३७१ मत ल्याए।