सुर्खेत क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का विजयी भएका छन्।
उनले २६ हजार ८ सय ९७ मत ल्याएका छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८ सय ९० मत ल्याए।
रास्वपा उम्मेदवार टेकबहादुर सिंह ठकुरीले १४ हजार ७ सय २९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा उम्मेदवार जितबहादुर रानाले २ हजार ८ सय २८ मत ल्याएका छन्।