कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह निर्वाचित भएका छन्।
अन्तिम मतपरिणाम अनुसार उनले २३ हजार ५३५ मत प्राप्त गर्दै विजयी भएका हुन्।
यहाँ रास्वपाका उम्मेदवार प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन्।
यस्तै एमालेका वीरेन्द्रकुमार कनौडियाले १४ हजार ७६३ मत पाएका छन्।