ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की निर्वाचित भएकी छन्।
उनी ४३ हजार ९६ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन्।
यहाँ कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याए।
यसअनुसार ३४ हजार बढी मतान्तर सहित तोसिमा निर्वाचित भएकी हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का राजकाजी महर्जनले ६ हजार २२ मत ल्याए।