राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुविधाजनक बहुमतको बाटोमा लाग्दा नेकपा एमाले अनपेक्षित रूपमा खुम्चिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित अधिकांश पदाधिकारी हारउन्मुख छन्। उपाध्यक्षत्रय विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, गोकर्ण विष्ट पराजित हुँदा उपमहासचिव लेखराज भट्ट, रघुवीर महासेठ पनि हारउन्मुख छन्। सचिव राजन भट्टराई, महेश बस्नेत, भानुभक्त ढकाल पराजित भइसकेका छन्।
अहिलेसम्मको मतगणनाअनुसार ताप्लेजुङमा क्षितिज थेबेले अग्रता लिइरहेका छन्। इलामका दुवै क्षेत्रमा एमालेले अग्रता लिइरहेको छ। इलाम–१ मा काजिमान कागते, इलाम–२ मा सुहाङ नेम्वाङले अग्रता लिइरहेका छन्।
धनकुटामा राजेन्द्रकुमार राईले अग्रता लिइरहेका छन्। संखुवासभामा अर्जुनकुमार कार्की, सोलुखुम्बुमा कल्पना राई र अछाम–२ मा यज्ञबहादुर बोगटीले अग्रता लिइरहेका छन्।
अहिलेसम्म बझाङमा ऐनबहादुर महर, दैलेख–२ मा लक्ष्मीप्रसाद पोखरेल, बाँके–२ मा मोहम्मद इस्तियाक राई निर्वाचित भएका छन्।