बारा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश धिमाल निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई भारी मतान्तरले पछि पार्दै धिमाल निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार धिमालले ३९ हजार ९९८ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिस्पर्धी कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्।
यस्तै एमालेका अच्युत प्रसाद मैनाली ११ हजार ६४५ मत पाएका छन्।