राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ ३ लाख ८६ हजार मत कटाएको छ।
साँझ ७ बजेसम्म ७ लाख ४२ हजार ४३९ मत गणना भएको छ।
उक्त मत गणना हुँदा रास्वपाले ३ लाख ८६ हजार ६८८ मत पाएको छ।
दोस्रो स्थानमा कांग्रेसले १ लाख २६ हजार २३१ मत पाएको छ।
तेस्रो स्थानमा नेकपा एमाले छ। यसले पनि करिब एक लाख मत पाउन लागेको छ।
एमालेले ९८ हजार ६१० मत पाएको छ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले ४७ हजार ५७८ मत प्राप्त गरेको छ।