चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई ४५ हजार १७५ भोट अन्तरले पराजित गरे।
ढकालको ५८ हजा २०८ मत आउँदा बुर्लाकोटीको १३ हजार ३३ मत आएको थियो। ढकाल २०७९ को प्रतिनिधिसभामा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
उनले त्यतिखेर नेपाली कांग्रेसका विश्व पौडेल र नेकपा एमालेका सुरेन्द्र पाण्डेलाई पराजित गरेका थिए। ढकालले ३४१८९ भोट ल्याउँदा निकटतम प्रतिद्वन्द्वी पाण्डेले २६६०८ र पौडेलले २४९९० मत प्राप्त गरेका थिए।
शनिबार प्राप्त अन्तिम मतपरिणामका अनुसार यो क्षेत्रबाट नेकपा एमालेका दावा दोर्जे लामाले १० हजार ८९९, नेकपाका कृष्ण पन्तले ४ हजार ८१, राप्रपाका बलराम खनालले २ हजार ३०२ मत प्राप्त गरेका छन्।