रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद फिरदोश आलमले निरन्तर अग्रता लिएका छन्।
कांग्रेसका आलमले १६ हजार ३९ मत ल्याएका छन्।
दोस्रोमा रहेका नेकपाका किरणकुमार साहले १० हजार ६ सय १४ मत पाएका छन्।
तेस्रोमा रास्वपाका शेख सगिरले ६ हजार २ सय ११ मत ल्याएका छन्।
मधेसका ३२ क्षेत्रमध्ये कांग्रेसले धनुषा क्षेत्र नं १ मा सुरुवाती अग्रता लिएको छ भने यो क्षेत्रमा कांग्रेस निरन्तर अगाडि छ।