झापा १ मा रास्वपाकी निशा डाँगीले जित हासिल गरेकी छन्। २९ वर्षीय निशा ४५६८० मत प्राप्त गर्दै विजयी भएकी हुन्।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव राज पाण्डेलाई निशाले ३५ हजार मतान्तरले पछि पार्दै प्रत्यक्ष निर्वाचन जितेकी हुन्। पाण्डेले १०५५० मत प्राप्त गरे।
डाँगी २०७९ सालमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी सबैभन्दा कान्छी उम्मेदवार थिइन्। रास्वपाले उनलाई त्यतिबेला समानुपातिक तर्फबाट सांसद बनाएको थियो।
त्यतिबेला रास्वपाकी सचेतक समेत भएकी उनले पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेकी हुन्।