प्रतिनिधिसभा सदस्यको लागि गरिएको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ। समानुपातिक मत गणना पनि धमाधम भएको छ।
समानुपातिक मतमा कोशी प्रदेशमा रास्वपा धेरै अघि देखिएको छ। रास्वपाले हालसम्म ७५ हजार ८१५ मत प्राप्त गरेको छ।
कांग्रेस २० हजार ४६५ मतका साथ दोस्रो स्थानमा छ।
एमाले १३ हजार ९७४ मतका साथ तेस्रो स्थानमा छ।
चौथो स्थानमा श्रमसंस्कृति पार्टीले ६ हजार २२३ मत प्राप्त गरेको छ।
पाँचौमा नेपाली कम्युनिष्ट पार्टीको ५ हजार ९१२ मत र छैटौमा राष्ट्रिय प्रजातन्त्र पार्टीको ४ हजार १५४ मत प्राप्त गरेको छ।
मधेशमा प्रत्यक्षमा जस्तै समानुपातिक मतमा पनि मधेश प्रदेशमा रास्वपा धेरै अघि देखिएको छ।
हालसम्मको परिणाम अनुसार मधेश प्रदेशमा रास्वपातले ४४ हजार १८१ मत प्राप्त गरिसकेको छ।
दोस्रोमा कांग्रेसले ७ हजार १९६ मत लिएको छ।
हालसम्म दोस्रो स्थानमा मत रहेको कांग्रेसको तुलानमा रास्वपाको ६ गुणा बढी मत देखिएको छ।
तेस्रो स्थानमा एमालेको ६ हजार ७०९ मत छ। चौथोमा राप्रपाको १ हजार ९७६ मत, पाँचौमा राष्ट्र निर्माण दल नेपालको १ हजार १०४ र छैटौमा जनता समाजवादी पार्टी १ हजार ४९ मत प्राप्त गरेको छ।