सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहसँग नेपाली कांग्रेसका सभापति गगन थापासँग ७ हजार ८ सय मतान्तर कायम गरेका छन्।
अहिलेसम्म अमरेशले २२८६६ मत ल्याएका छन्।
यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको १५०५३ मत आएको छ।
एमालेका उम्मेदवार अमनिशकुमार यादवको ६४३६ मत आएको छ।
सर्लाही ४ मा ७७ हजार ९ सय ३१ मत खसेको थियो। हालसम्म ५१ हजार ४ सय १६ मत गणना भएको छ।