पाल्पाको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका सन्दिप राना विजयी भएका छन्।
उनी नेकपा एमालेका उम्मेदवार नारायण आचार्यलाई १ हजार ५१७ मतले पछि पार्दै विजयी भएका हुन्।
निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार रानाले १८ हजार ३३६ मत ल्याएका छन् भने आचार्यले १६ हजार ८१९ मत प्राप्त गरेका छन्।