प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम परिणाम आउने क्रम जारी छ। १६५ निर्वाचन क्षेत्रमध्ये अधिकांशमा रास्वपा उम्मेदवार विजयी भएका छन्।
केही क्षेत्रमा कांग्रेस लगायतका दलका उम्मेदवार पनि विजयी भएका छन्। हालसम्म कहाँ-कहाँ विजयी भए कांग्रेस उम्मेदवार? कहाँ छ अग्रता? कति छ मतअन्तर?
हालसम्म सार्वजनिक विवरणअनुसार कांग्रेसका उम्मेदवारले ११ निर्वाचन क्षेत्रमा विजय हासिल गरेका छन् भने ८ क्षेत्रमा अग्रता लिइरहेका छन्।
यी हुन् कांग्रेस निर्वाचित भएका क्षेत्र
कांग्रेसले अहिलेसम्म ११ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ।
१) सुर्खेत १
विजयी कांग्रेसका विष्णुबहादुर खड्का, २६ हजार ८९७ मत
निकटतम एमालेका ध्रुवकुमार शाही, १८ हजार ८९० मत
२) कपिलवस्तु–३
विजयी कांग्रेसका अभिषेकप्रताप शाह, २३ हजार ५३५ मत
निकटतम रास्वपाका प्रकाश रजौरिया, १८ हजार ८९० मत
३) जाजरकोट
विजयी कांग्रेसका खड्कबहादुर बुढा, २० हजार १४२ मत
निकटतम नेकपाका शक्तिबहादुर बस्नेत, १७ हजार ४०७ मत
४) पाल्पा १
विजयी कांग्रेसका सन्दीप राना, १८ हजार ३३६ मत
निकटतम एमालेका नारायणप्रसाद आचार्य, १६ हजार ८१९ मत
५) डोटी–१
विजयी कांग्रेसका भरतबहादुर खड्का, १४ हजार ८९७ मत
निकटतम एमालेका दीपकबहादुर धामी , १४ हजार ११० मत
६) दैलेख–१
विजयी कांग्रेसका बासना थापा, १२ हजार ३७२ मत
निकटतम रवीन्द्रराज शर्मा, एमाले ११ हजार ७९६ मत
७) तेह्रथुम
विजयी कांग्रेसका सन्तोष सुब्बा, ११ हजार ५६१ मत
निकटतम भानुभक्त ढकाल, एमाले, १० हजार ६८२ मत
८) अछाम–१
विजयी कांग्रेसका भरतकुमार स्वार, १० हजार ७५९ मत
निकटतम भीमबहादुर रावल, नेकपा १० हजार २३३ मत
९) रसुवा
विजयी कांग्रेसका मोहन आचार्य १० हजार ६५६ मत
निकटतम रास्वपाका बसन्त भट्ट, ५ हजार ५७१ मत
१०) मुस्ताङ
विजयी योगेश गौचन थकाली ३ हजार ३०७ मत
निकटतम इन्द्रधारा डाडु विष्ट, १ हजार ८०६ मत
११) मनाङ
विजयी कांग्रेसका टेकबहादुर गुरुङ, २ हजार ४१५ मत
निकटतम यशोदा गुरुङ/सुवेदी, ४५४ मत
यी क्षेत्रमा कांग्रेसको अग्रता
मतगणना जारी रहँदा कांग्रेसका उम्मेदवारले सात स्थानमा अग्रता कायम राखेका छन्।
रौतहट–२ मा कांग्रेसका मो. फिरदोश आलम २१,१९५ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका किरणकुमार साह ले १२,४८२ मत पाएका छन्। यस क्षेत्रमा आलमले ८,७१३ मतान्तर बनाएका छन्।
स्याङ्जा–२ मा कांग्रेसका भागवतप्रकाश मल्ल १४,१०५ मतसहित अघि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रे ले १२,८९२ मत ल्याएका छन्। मल्लले यहाँ १,२१३ मतान्तर कायम गरेका छन्।
पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ १२,०३४ मतसहित अग्रस्थानमा छन्। एमालेका अइन्द्र सुन्दर नेम्वाङ ले १०,७५५ मत पाएका छन्। केरुङले यहाँ १,२७९ मतान्तर बनाएका छन्।
ओखलढुंगामा कांग्रेसका कुमार लुइँटेल ९,७९४ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल ले ९,०९२ मत पाएका छन्। लुइँटेलले यहाँ ७०२ मतान्तर बनाएका छन्।
नुवाकोट–१ मा कांग्रेसका प्रकाशशरण महत ८,९१२ मतसहित अग्रस्थानमा छन्। रास्वपाका विक्रम तिमिल्सिना ले ७,७५७ मत ल्याएका छन्। महतले यहाँ १,१५५ मतान्तर कायम गरेका छन्।
हुम्लामा कांग्रेसका जयपति रोकाया ८,१४२ मतसहित अघि छन्। नेकपाका दीपेन्द्र रोकाया ले ६,९६० मत पाएका छन्। जयपतिले यहाँ १,१८२ मतान्तर बनाएका छन्।
त्यस्तै सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की ३,९८६ मतसहित अग्रस्थानमा छन्। एमालेकी कल्पना राई ले ३,६३५ मत ल्याएकी छन्। कार्कीले यहाँ ३५१ मतान्तर बनाएका छन्।