रूपन्देही क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक खान विजयी भएका छन्।
निर्वाचनको अन्तिम मत परिणाम अनुसार खानले ३८ हजार ८०६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत ल्याएका छन् भने नेपाली कांग्रेसका भरत कुमार शाहले १२ हजार ६२४ र नेपाली कम्युनिस्ट पार्टीका मोहम्मद वकिल मुसलमानले ६ हजार १७६ मत ल्याएका छन्।
यहाँ १ लाख ३४ हजार ४४२ मतदाता रहेकामा ८४ हजार ८३८ मत खसेको थियो।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित रास्वपाका खानलाई एमालेका उम्मेदवार खिमलाल भट्टराईले खादा लगाइदिएर बधाई दिएका छन्।
निर्वाचनको अन्तिम मत परिणामपछि भट्टराईले विजयी भएका खानलाई भेटेर बधाई दिएका हुन्।