धनकुटामा नेकपा एमालेका राजेन्द्र कुमार राई विजयी भएका छन्। उनी ३८७५ मतान्तरले विजयी भएका हुन्।
उनले १८१३२ मत प्राप्त गरेका छन्।
उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४२५७ मत प्राप्त गरेर दोस्रो स्थानमा छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीले ११९३२ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।
यससँगै कोशीमा एमालले दोस्रो सिट जितेको छ। यसअघि ताप्लेजुङमा एमालेका क्षितिज थेवेले जितेका थिए।