पूर्वी पहाडी जिल्ला पाँचथरमा अहिलेसम्म नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।
निर्वाचन आयोगका अनुसार यहाँ कांग्रेसका नरेन्द्र कुमार केरुङले १३,०१२ मतका साथ अग्रता लिइरहेका छन्। नेकपा एमालेका अइन्द्र कुमार नेम्वाङले ११,८०२ मतका साथ पछ्याइरहेका छन्।
श्रम संस्कृति पार्टीका हस्त राज सेर्माले ११,०८२ ल्याएर तेस्रो स्थानमा छन्।