कर्णाली प्रदेशको रूकुमपश्चिममा अहिलेसम्म नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिइरहेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपाका गोपाल शर्माले अहिलेसम्म १८,३८५ मत ल्याएका छन्। नेपाली कांग्रेसका राजु केसी १४,२९२ मतका साथ उनलाई पछ्याइरहेका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा भने यो क्षेत्रमा तेस्रो स्थानमा छन्। उनले १२,९६७ मत पाएका छन्।