सुनसरी १ मा श्रमसंस्कृति पार्टीका हर्क साम्पाङले मतान्तर बढाउँदै अग्रता लिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई उनले ७०२२ मतले पछि पारेका छन्।
साम्पाङको १९,३९७ मत आएको छ भने उनकी निकट प्रतिस्पर्धी तामाङले १२,३७५ मत ल्याएकी छन्।
यसअघि हर्क साम्पाङ धरान उपमहानगरपालिकाका मेयर थिए। संघीय निर्वाचनमा भाग लिन भन्दै उनले पदबाट राजीनामा दिएर श्रम संस्कृति पार्टी गठन गरेका थिए।
तामाङभने यसअघि पनि रास्वपाबाटै चुनाव उठेर पराजित भएकी थिइन्।