प्रतिनिधि सभा निर्वाचन २०८२ मा धादिङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार आशिका तामाङ विजयी भएकी छन्।
उनले २४०९६ मतान्तरले विजयी भएकी हुन्।
उनले ३९१२८ मत प्राप्त गरेकी छन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुमिप्रसाद त्रिपाठीले १५०३२ मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले १४७०७ मत प्राप्त गरेर तेस्रो भए।
नेपाली कांग्रेसका कृष्ण रिजालले १००८० मत प्राप्त गरे।