प्रतिनिधि सभा निर्वाचन २०८२ ललितपुर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवारले अत्याधिक मतान्तरसहित अग्रता कायम गरेका छन्।
हालसम्मको परिणाम अनुसार रास्वपाका जगदिश खरेलले २७ हजार २५१ मत प्राप्त गरेका छन्।
दोस्रोमा कांग्रेसका प्रेमकृष्ण महर्जन ३ हजार ९६५ मत लिएको छ। पहिलो र दोस्रो बीचको मतान्तर मात्रै २३ हजार २८६ मतको अन्तर छ।
एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९९४ मत प्राप्त गरेका छन्।